कतारका पुराना नोटहरु जुन महिनाको अन्त्य सम्म मात्रै चल्ने

कतार राज्यको चौथो संस्करणका बैंक नोटहरु अब उपरान्त जुलाई १ सन् २०२१ मंगलवार बाट प्रचलनमा आउने छैन ।
अब यी पुराना कागजी नोटहरु अवैध भै क्षतिपुर्ती मुद्रामा परिणत हुनेछ । तर सन् २०३० डिसेम्बर १७ सम्म कतारको केन्द्रिय बैंक बाट भने सो बराबरको रकममा सटही गर्न सक्ने प्रावधान रहेको कतार राष्ट्र बैंकले जनाएको छ ।
यता कतार इस्लामिक बैंक (बैंक) र कमर्सियल बैंकले ले भने जुलाई १ तारिख सम्म कतारका पुराना मुद्राहरु आफ्नो बैंकको शाखा र टेलरहरूले स्विकार गर्ने बताईसकेको छ।
गत डिसेम्बर १८ तारिखमा कतार राष्ट्र बैंकले नयाँ नोटहरु सार्वजनिक गरेको थियो । पाँचौ संस्करण अन्तर्गत बैंकले एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सय रियालको नोट जारी गरेको थियो जसमा २०० रियालको नोट भने कतारको ईतिहासमै पहिलो पटक सार्वजनिक निकालिएको थियो ।
