विश्वकप २०२२ : खलिफा अन्तर्राष्ट्रिय रंगशाला

कतारले यसै वर्षको नोभेम्बर २० देखि फुटबलको महाकुम्भ फिफा विश्वकपको आयोजना गर्दैछ ।
प्रतियोगिताको खेलहरु आयोजनाका लागि यतिखेर आठवटै रंगशाला तयार भैसकेको छ । जसमध्ये खलिफा रंगशाला कतारको जेठो रंगशाला हो । यसलाई पुर्वअमिर खलिफा बिन हमाद अल थानीको नाममा नामाकरण गरिएको हो ।
खलिफा अन्तर्राष्ट्रिय रंगशाला कतारको राष्ट्रिय रंगशालाको रुपमा चिनिन्छ । यसको उद्घाटन सन् १९७६ मा भएको थियो । यसलाई डर अल हान्डसाहले डिजाइन गरेका थिए । सन् १९९२ मा रंगशालामा पहिलो पटक ११ औं गल्फ कप आयोजना भएको थियो । प्रतियोगिता कतारले जितेको थियो ।
त्यसयता १७ औं अरबियन गल्फ कप, २००६ को एसियन कप ,२०११ को एफसी एसियन कप ,२०११ कै प्यान अरब गेम्स, २०१९ को एथलेटिक्स विश्व च्याम्पियन , २४ औं अरबियन गल्फ कप , २०१९ को फिफा क्लब विश्वकप , २०२१ को अरब कप यस रंगशालामा आयोजना भएको थियो ।
रंगशालामा हरेक वर्ष अमिर कप प्रतियोगिता पनि आयोजना हुने गर्दछ ।
त्यस्तै अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा अर्जेन्टिना,ब्राजिल, इङ्ल्यान्ड , स्पेन,उरुग्वे र क्लबमा रियल मेड्रिड, बार्सिलोना र युभेन्टस जस्ता खेलहरु यसै रंगशालामा आयोजना भईसकेको छ ।
विश्वकप २०२२ प्रतियोगिताको समूह चरण ,अन्तिम १६ र तेस्रो स्थानको खेलहरु यसै रंगशालामा आयोजना हुनेछ ।

उद्घाटन
सन् १९७६ मा पहिलोपटक उद्घाटन भएको रंगशालामा जम्मा २० हजार दर्शक सिट थियो । एसियन कपको लागि थप २० हजार सिट बढाएर रंगशालालाई सन् २००५ मा पुन उद्घाटन गरिएको थियो । त्यसपछि २०१४ देखि पुनर्निर्माण गरि सन् २०१७ मा यसलाई फेरि उद्घाटन गरिएको थियो । रंगशालामा अहिले ४५ हजार बढी दर्शक सिट र एयर कुलिङ सिस्टम पनि जडान गरिएको छ । विश्वकप आयोजनाका लागि तयार भएको यो पहिलो रंगशाला पनि हो ।
हालसालै १२३ कतार ओलम्पिक एन्ड स्पोर्ट्स म्युजियम पनि रंगशाला भित्रै खोलिएको छ ।
एस्पायर जोन भित्र बनेको रंगशाला नजिकै टर्च दोहा होटेल पनि छ । सन् २००६ को एसियन कपको द्विप प्रज्वलन गर्न उक्त होटेल निर्माण गरिएको थियो । रंगशाला नजिकै चर्चित भिलाजियो मल पनि रहेको छ ।
हमाद अन्तर्राष्ट्रिय विमानस्थल बाट रंगशाला २२ किलोमिटरको दुरीमा अवस्थित छ ।