भोलि कहाँ के-के कार्यक्रम हुँदै छ त ?

हरेक वर्ष झै कतारले भोलि १८ डिसेम्बरमा आफ्नो नेशनल डे मनाउँदैछ।यो सन् १९७८ भएको कतार एकीकरण पछि मनाउने गरिएको राष्ट्रिय उत्सव हो।यो हरेक वर्ष १८ डिसेम्बरका दिन मा मनाउने गरिन्छ।यस दिनमा सार्वजनिक बिदा दिने चलन भने २००७ देखि सुरु भएको हो।त्यो भन्दा पहिले यो दिन राष्ट्र स्वतन्त्रताको नाममा सेप्टेम्बर ३ मा मनाउने गरिन्थ्यो।
नेशनल डे मनाउन भोलि विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरू मध्ये नेपाली समुदाय सँग जोडिएका कार्यक्रमहरू यस्ता छन्।

चलचित्र दुई रुपैयाँको प्रदर्शन
- सनैया स्थित डल्ला ड्राइभिङ एकेडेमी को सभाहलमा।
- शो समय बिहान ११,दिउँसो २ र बेलुका ५ बजे।
- टिकट दर: २०,२५ र ३५ रियाल।थप जानकारीको लागि ५०९१६३८७।

कर्नेश
- कतार आर्मी बाट हवाई प्रदर्शन बेलुका ३:३० देखि ५ बजे सम्म।
- नेशनल डे आर्मी परेड बेलुका ३ बजे।
- कतरा बाट ३०० ड्रोन को हवाई प्रदर्शन बेलुका ७ देखि ९ बजे सम्म।
- एक लाख किसिमको सांगीतिक आतसबाजी बेलुका ८ देखि ८:१० सम्म।

बर्वा अल बारह ( फुटबल मैदान)
- विभिन्न कम्पनी को समूह बाट प्रदर्शन।
- नेपाल,भारत,श्रीलंका र बंगलादेशी समुदाय बाट सांस्कृतिक कार्यक्रम।
- एशियन वादक समूह बाट सांगीतिक प्रस्तुति।
- पुरानो कार र हारले डेभिडसन बाइक प्रदर्शन।

एशियन सिटी (फुटबल मैदान)
- विभिन्न कम्पनी को समूह बाट प्रदर्शन।
- नेपाल,भारत,श्रीलंका र बंगलादेशी समुदाय बाट सांस्कृतिक कार्यक्रम।
- एशियन वादक समूह बाट सांगीतिक प्रस्तुति।
- पुरानो कार र बाइक प्रदर्शन।
एशियन टाउन (क्रिकेट स्टेडियमको पार्किङ स्थल)
- विभिन्न विधालयका विद्यार्थी द्वारा मार्चपास,सांस्कृतिक तथा कतारी परम्पराको प्रस्तुति।
- नेपाल,भारत,श्रीलंका र बंगलादेशी समुदाय बाट सांस्कृतिक कार्यक्रम।
- एशियन वादक समूह बाट प्रस्तुति।
- पुरानो कार र बाइक प्रदर्शन।
- निशुल्क रगत तथा सुगर जाँच।
- भोजपुरी मैथिली स्टार नाईट नहुने

एशियन टाउन (क्रिकेट स्टेडियम)
- अन्तराष्ट्रिय क्रिकेट टुर्नामेन्ट।
बर्वा श्रमिक कम्प्लेक्स(अल खोर औद्योगिक क्षेत्र)
- एशियन वादक समूह बाट सांगीतिक प्रस्तुति।
- पुरानो कार र बाइक प्रदर्शन।
- विभिन्न कम्पनी को समूह बाट प्रदर्शन।
- नेपाल,भारत,श्रीलंका र बंगलादेशी समुदाय बाट सांस्कृतिक कार्यक्रम।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो