आज दिन र रात बराबर हुने

आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो ।

 

ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. बशिर मर्जोक ले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो ।

आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । कतारमा भने दिन १२ घण्टा ६ मिनेट र रात ११ घण्टा २४ मिनेटको हुनेछ।

भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो हुन थाल्छ ।

सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरुमा मेष विषुवत, दक्षिणयन आरम्भ, तुला विषुवत र उत्तरायण आरम्भ हुने दिनहरु पर्दछन् । जसलाई आधार मानेर राशिचक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button