आज ३४३ जनामा कोरोना भाइरस देखियो

गएको २४ घण्टामा ३४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ३३० जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१४,२८१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,६०७ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १९० रहेको छ र निको हुनेको संख्या १,१०,९५७ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३८ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ४३८ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७४ जना
आज सम्म जाँच भएको संख्या – ५,३८,६०२ जना
निको हुन बाँकीको संख्या : ३,१३४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।