जापान माथि नेपालको शानदार जीत


पाँचौ एशियन समुदायस्तरिय लिग फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । हिलाल स्थीत अल हमद बिन खलिफा स्टेडिएमा हिजो भएको दोस्रो खेलमा नेपालले प्रतिद्धन्द्धी जापानलाई १० – ० को भारी अन्तररले पराजित गरेको छ ।

खेल सुरुवात बाटै आफ्नो पक्ष मा पार्न सफल नेपाली टोलीले खेलको चौथौ मिनेटमा नै अर्जुन सुब्बाको पहिलो गोल बाट अग्रता लिएको थियो । नेपालको जीतमा अर्जुन र शिव श्रेष्ठले खेलमा ह्याट्रिक पुरा गरेका थिए । अर्जुनले चौथौ,सातौ र ३३ औ मिनेटमा र शिवले पाँचौ,सोह्रौ र ३४ औ मिनेटमा गोल गरेका हुन् ।

जीतमा नेपालको तर्फ बाट गणेश खड्का ले दुई अनिल धिमाल र कप्तान अमिर श्रेष्ठले १ १ गोल गरेका थिए । पहिलो हाफमा नेपाल ६- ० ले अग्रता लिएको नेपाली टिमले दौस्रो हाफ मा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । बिभिन्न देशका राजदुतहरु उपस्थितिमा उद्घाघाटन भएको प्रतियोगितामा १२ देशको सहभागिता रहेको छ ।

नेपाल दुताबास कतारको प्रतिनिधित्व गर्दै द्धितिय सचिब हरी प्रसाद अर्यालको उपस्थिती रेहेको थियो। जीत संगै नेपालले तीन अंक बटुलेको छ । नेपालले अर्को खेल मार्च तीन तारिख साँझ ८ बजे मलेशियासँग खेल्ने छ।


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button