कीर्तिपुर–१ को वडाध्यक्षमा कांग्रेसकै निरन्तरता, इच्छाकुमार विजयी

काठमाडौं,मंसिर १७-
कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार इच्छाकुमार महर्जन विजयी भएका हुन् । पाँच सय ६२ मतसहित उनी विजयी भएका हुन् । यस्तै नेकपा (एमाले) का हर्ष महर्जनले ४९८ मत प्राप्त गरे ।
यसैगरी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सरलगोपाल महर्जनले १७३ मत पाए । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसका हिरालाल महर्नन ७७८ मतसहित विजयी भएका थिए । अहिले पनि कांग्रेसले त्यसैलाई निरन्तरता दिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।