आज अक्टोबर ३ तारिख। मंगलबार। असोज १७

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अक्टोबर ३ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज १७ गते। मंगलबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– त्रयोदशी, २५:१० बजेउप्रान्त चतुर्दशी। नक्षत्र– शतभिषा, २१:२० बजेउप्रान्त पूर्वभाद्रपदा। योग– शूल, ११:०७ बजेउप्रान्त गण्ड। करण– कौलव, १३:०७ बजेदेखि तैतिल, २५:१० बजेउप्रान्त गर। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कुम्भ।
दोहामा सूर्योदयः०५:२५ बजे र दोहामा सूर्यास्तः १७:१८ बजे हुनेछ ।
राहुकालः १४:१८ देखि १५:४७ बजे सम्म । शुभ मुहूर्त : ११:२४ देखि १२:५३
दोहा को मौसम
आजको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ६० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७७ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५७.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४७.५० कतारी रियाल रहेको थियो ।