बहराइन र युएईको हवाई नाकाबन्दीमा केही खुकुलो

बहराइन र युएईले गर्दै आइरहेको हवाई नाकाबन्दीमा केही खुकुलो भएको छ। अन्तराष्ट्रिय नागरिक उड्डयन संस्था (आईसिएओ) ले ती देशहरूलाई दिएको निर्देशन पछि हवाई मार्ग को नयाँ रुट खोलिएको हो।यस रुटमा दोहा देखि र दोहा सम्मका सबै अन्तराष्ट्रिय विमानले यात्रा गर्न पाउनेछन्।
कतारको लागि हाल सबै राष्ट्रिय हवाईमार्ग नखोलिएपनी यो खाडी समस्याको केही सकारात्मक सुधार भने पक्कै भएको छ।नयाँ मार्गको म्याद हिजो ७ तारिख देखि नोभेम्बर ६,२०१७ सम्मका लागि रहेको छ।
गत हप्ता मोन्ट्रियलमा भएको आईसिएओ को छलफल पछि यस्तो निर्णय आएको कतारको नागरिक उडड्यनका प्रमुख अब्दुल्ला विन नासेर ले जानकारी दिएका छन्।युएई,बहराइन र इजिप्ट ले कतार लाई दिएको हवाई मार्ग पुन:सञ्चालन मा ल्याउन पर्ने छलफलमा स्पष्ट पारिएको उनले थपेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
