जरिवाना नतिरे सवारी नपाउने

ट्राफिक विभाग कतारले विभिन्न कारणमा तीन वा सो भन्दा बढी महिनाको अन्तरालमा जफत गरिएको सवारी साधनको जरिवाना मे महिनाको १५ तारिख सम्म बुझाएर फिर्ता लान आग्रह गरेको छ।

सो समयावधि भित्र जरिवाना नतिरे विभागले सवारी बेचिदिने भएको छ।

जरिवाना औद्योगिक क्षेत्र स्ट्रिट नम्बर ५२ मा रहेको सवारी निरीक्षण विभागमा गएर तिर्नुपर्नेछ।

२०१५ को परिमार्जित कानून नम्बर १६ अन्तर्गत धारा ८९ बमोजिम ट्राफिक विभागले यस्तो निर्णय गरेको हो।

विभागले आज अरबिक पत्रिका अल वतन मा सूचना प्रकाशित गरी यो जानकारी दिएको हो।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button