बहुचर्चित नेपाली कलाकारहरुको साथमा ईद महोत्सव हुने

ईद अल अधाको अवसर पारेर कतार सरकारले बृहत नेपाली मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।कार्यक्रममा ख्याति प्राप्त गायक राजेश पायल राई,चर्चित हास्य कलाकार सन्दिप क्षेत्री,गायिका अमृता लिम्बु,लोक दोहोरी गायिका चन्दा अर्याल,नृत्यङ्गना प्रमिला खनाल लगायत स्थानिय कलाकारहरुको बृहत प्रस्तुति रहनेछ।
कार्यक्रम ईदको पहिलो र दोस्रो दिन (सेप्टेम्बर १ र २ तारिख) दोहा स्थित अल अह्ली क्लबमा साँझ ५ बजे देखि राति १० बजे सम्म आयोजना हुनेछ।
कार्यक्रम कतारको आन्तरिक,श्रम मन्त्रालय र गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,(एनआरएनए,एनसीसी) कतारको समन्वयमा आयोजना गर्न लागिएको हो।कार्यक्रमको प्रवेश नि:शुल्क रहेको छ ।साथै दर्शकहरुलाई गोलाप्रथाद्धारा थुप्रै पुरस्कारहरु पनि प्रदान गरिनेछ ।
कार्यक्रम स्थल जाने बाटो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
