प्रोफेसर मियाँ काठमाडौंमा सम्मानित

कतार मानव अधिकार आयोगका नेपाली प्रतिनिधि प्रोफेसर रमजान अलि मियाँ काठमाडौंमा समान्नित भएका छन्।राष्ट्रिय खेलकुद संघ अन्तर्गतको सोतोकान कराते डो संघले उनलाई सम्मान गरेको हो।
नेपाल कतार बीच कराते खेल जगतको विकास एवम् सम्बन्ध सुदृढ गर्न उल्लेखनीय योगदान दिएबापत उनी कदरपत्र सहित सम्मानित भएका हुन्। साथै मियाँलाई कराते डो संघले उपाध्यक्ष पदमा समेत मनोनित गरेको छ।

सांग्रिला होटलमा आयोजित उक्त कार्यक्रममा कराते संघका अध्यक्ष नारायण खड्काले सफल कार्यकालको लागि प्रोफेसर मियाँलाई शुभकामना समेत दिएका थिए।कार्यक्रममा खेलाडी,पत्रकार,समाजसेवी लगायतको उपस्थिति रहेको थियो।