कतारमा १६ नेपाली कामदार अलपत्र

कतारस्थित स्टील ट्रेडिंग सप्लाई कम्पनीमा कार्यरत १८ नेपाली कामदार अलपत्र परेका छन्।अञ्जली ओभरसिज तथा हिमालय म्यानपावर बाट कतारको अल अब्दुल कम्पनीका लागि भनि कागजपत्र गरेर आएका ती नेपालीहरुलाई सप्लाई कम्पनी स्टील ट्रेडिङमा काम लगाउँदै आईरहेको थियो।
करिब ५ महिना देखि यताको तलब नदिएपछि गत जुलाई १५ बाट पीडितहरुले काम बन्द गरेका थिए।तलब नपाएपछि कतार स्थित नेपाली दूतावासमा गएर उजुरी गर्दा दूतावासले पनि बेवास्ता गरेको पीडित पक्षको गुनासो रहेको छ।
हिमालय म्यानपावर तथा कतारको स्टील ट्रेडिङ कम्पनीका मालिक सुजन श्रेष्ठले बिरामी परेको अवस्थामा वास्ता नगर्ने र अश्लिल शब्दमा गाली गर्ने पीडित कामदारहरुले बताएका छन्।

कम्पनीले कोठा भाडा नतिरेको कारण अहिले पीडितहरुलाई त्यहाँ बाट पनि निकालिएको छ।आफूले काम गरेको पारिश्रमिकका साथ नेपाल पठाईदिन सम्बन्धित सबैमा पीडित पक्षले आग्रह गरेका छन्।
