अमिर टर्की भ्रमणमा जाने

अमिर शेख तमिम बिन हमद अल थानी यसै साता टर्की भ्रमणमा जाने निश्चित भएको छ।खाडी समस्या पछि यताको पहिलो विदेश भ्रमणको क्रममा अमिरले त्यहाँको राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको छ।
टर्की बाटै घोषणा भएको यस भ्रमणमा कुवेतको अमिरको पनि सहभागिता रहनेछ।
खाडी समस्या उत्पन्न भए लगत्तै कतार र टर्की बीचको सम्बन्ध निकै प्रगाढ हुन पुगेको छ।टर्कीले नाकाबन्दीको सुरुवात देखि खाद्यान्न लगायत विभिन्न स्तरमा सहयोग गर्दै आइरहेको छ।त्यस्तै २०१४ मा भएको संयुक्त सैनिकको सम्झौता अनुसार टर्कीले कतारमा सैनिक पठाएर समर्थन समेत जनाएको छ।
यता खाडी समस्या सुल्झाउन कतारको उच्च पदाधिकारी सँगै विदेशमन्त्री स्वयंको विदेश भ्रमण जारी रहेको छ।प्रमुख मध्यस्त गरेको कुवेत र अमेरिकी सहयोगले खाडी समस्यामा सुधार भईरहेको छ।

