बिज्ञापन

नेपाल राजदूतावास कतार द्वारा राहत बितरणको जिम्मा एनआरएन लाई

कतार स्थित नेपाली राजदूतावासले शुक्रबार २२ मे देखी कोरोना प्रभावित हरु लाई राहत बितरण गर्ने जिम्मा गैर आवासिय नेपाली संघ दोहा कतार लाई सुम्पिएको छ ।

राहत  बितरण कार्यक्रम लाई चुस्त र अझ प्रभाबकारी बनाउन का लागि एक द्वार नीति अपनाइएको दूतावास ले जनाएको छ । हिजो एक सुचना जारी गर्दै दूतावासले राहत बाट कोहि नछुटुन र कोहि नदोहोरिउन भन्ने उद्देश्यले राहत बितरण र कार्यन्वयन को जिम्मा संघ लाई दिइएको जनाएको हो ।

74449592 50129900 70909722 यो महामारीमा खानालाई समस्या भए अहिले नै सम्पर्क गर्न सकिनेछ ।  त्यस्तै खाद्यान्नको समस्या भएमा विवरण भरौं । गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

अबधी भर दूतावास र गैर आवासिय नेपाली संघ संगै अन्य समाजिक संघ संस्था ले पनि राहत बितरण गर्ने गरेका थिए ।  हिजो बाट राहत बितरण को सम्पुर्ण जिम्मा गैरअवासिय नेपाली संघ लाई दिइएको र दूतावासले संरक्षक तथा सहजकर्ता को भुमिका निर्वाह गर्ने दूतावासले जनाएको छ ।  साथै दूतावासले ६ बुदे अपिल जारि गर्दै सोहि बमोजिम राहत कार्यक्रम मा सहभागी हुन पनि आग्रह गरेको छ ।

दूतावासले जारी गरेको ६ बुदे अपिल :-

१. कतारमा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूले राहत खाद्य सामग्रीको लागि गैह्रआवासीय नेपाली संघ कतारलाई यथाशक्य सहयोग गरिदिनुहुन तथा राहत वितरणका लागि स्वयंसेवीहरू उपलब्ध गराइदिनुहुन राजदूतावास हार्दिक अनुरोध गर्दछ । सहयोगकर्ता व्यक्ति वा संस्थाले चाहेमा दूतावासलाई समेत आफूले गरेक सहयोगको जानकारी दिन सक्नुहुनेछ ।

२. आवश्यकता अनुरूप कतारी दाता संस्था वा व्यक्तिहरूबाट राहत खाद्य सामग्री प्राप्त गर्न राजदूतावासले गैह्रआवासीय नेपाली संघ कतार सङ्ग पनि समन्वय गरि सहजीकरण गर्नेछ ।

३. राहत खाद्य सामग्री भण्डारणका लागि राजदूतावासले आवश्यक सहयोग गर्नेछ ।

४. राहत सामग्री वितरणका लागि समन्वय गर्न राजदूतावासको तर्फबाट एकजना प्रतिनिधिलाई समावेश गरिनेछ ।

५. गैह्रआवासीय नेपाली संघ कतारले आवधिक रूपमा राहत खाद्य सामग्री संकलन तथा वितरणको विवरण सार्वजनिक गर्नेछ । यसैगरी राहत खाद्यसामग्री प्राप्त गर्ने व्यक्ति तथा वहाँहरूलाई परेको समस्याको यथाशक्य उपलब्ध जानकारी सहितको नामावली दूतावासलाई पनि उपलब्ध गराउनेछ ।

६. यसरी प्राप्त समस्यासहितको सूचिको आधारमा राजदूतावासले नेपालीहरूलाई परेका विभिन्न समस्याका समाधानका लागि नेपाल र कतार सरकारका सम्बन्धित निकाय तथा रोजगारदाता वा अन्य सम्बन्धित पक्षहरूसँग समन्वय गर्नेछ ।

तसर्थ वर्तमान संकटका कारणले राहत खाद्य सामग्री आवश्यक पर्ने कतारमा रहेका नेपालीहरूलाई गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को फोन नं. 74449592/50129900/70909722 इमेलः nrnancc.qatar2003@gmail.com मा सम्पर्क गर्नुहुन राजदूतावास अनुरोध गर्दछ ।

खाद्यान्नको समस्या परेमा एनआरएन सम्झिनुहोस् । 

कोरना भाइरस (कोभिड १९) नियन्त्रणका लागि कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा कतारमा रहने कुनैपनि नेपाली श्रमिकहरुमा खाद्यान्नको समस्या परेमा तत्काल उद्दार गरिने हुँदा  एनआरएन नसीसी कतार द्वारा तयार पारिएको खाद्यान्नको अभावबाट पीडित श्रमिकहरुको तथ्यांक संकलन अनलाइन फारम भर्न गर्न सकिनेछ ।

समस्यामा परेका श्रमिकहरुको विवरण तल दिएको लिन्कमा रजिस्ट्रर गर्नुहोला । यसै लिंकबाट संकलित विवरणको आधारमा खाद्यान्नको प्याकेज बितरण गरिने जानकारी गराउदछौ।
फारमको लिंक यहाँ छ ।  https://forms.gle/vFtNK9BuS2PToWDT6  

कतार सरकारबाट नेपाली समुदायलाई डेढ करोड बढीको खाद्यान्न सहयोग

कोरोना भाइरसको कारण समस्यामा परेका नेपाली समुदायलाई कतार सरकारले शुक्रबार डेढ करोड बढीको खाद्यान्नको सहयोग गरेको छ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको विशेष पहलमा कतार सरकारको गृह मन्त्रालयले कतार च्यारिटी मार्फत १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको पाँच हजार खाद्यान्नको प्याकेज प्रदान गरेको हो ।

नेपाली समुदायलाई सहयोग प्रदान गरेकोमा कतार सरकार र राहत प्याकेज ब्यवस्थापनका लागि सहयोग गर्ने नेपाली राजदूतावास कतार परिवार प्रती एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले धन्यवाद व्यक्त गर्नुभएको छ ।
संघले विभिन्न चरणमा हाल सम्म १ हजार दुई सय बढी समस्यामा परेका श्रमिकलाई राहत वितरण गरिसकेको संघको प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत वितरण समितीका संयोजक उत्तम गुरुङले बताउनुभयो ।
गैर आवासिय नेपाली संघले श्रमिक कोष र नेपाली राजदुतावासको समन्वय र कतार रेड्क्रीसेन्ट तथा कतार च्यारिटिको सहयोगमा स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण गर्दै आएको छ ।

यसैबिच संघले नेपाली श्रमिकहरु खाद्यान्न वा अन्य कुनै समस्यामा परि तत्काल उद्दार गर्नुपर्ने भएमा एनसीसी कतारको अफिसियल इमेल nrnancc.qatar2003@gmail.com/ आधिकारिक फेसबुकको ईनबक्स वा 74449592/ 50129900/ 70909722 मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!