बिज्ञापन

माला संग यसरी नाचे निश्चल (भिडियो)

केहि समय अगाडी आफ्नै निर्देशन रहेको फिल्म लूट २ को ठमेल बजार बोलको गीतमा केमियो डान्स गरेर चर्चामा आएका निर्देशक निश्चल बस्नेतले मोडल माला लिम्बुसंग नृत्य गरेको काले काले बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निश्चलकै स्वर समेत रहेको यस गीतको छायाँकन गत साता मात्र गरिएको थियो ।

भव्य सेटमा छायाँकन गरिएको यस गीतमा निश्चल र मालाले कम्मर मर्काएका छन् । गीतमा कोसिश क्षेत्री पनि फिचरिङ छन् । गीतमा निश्चलसंगै मिना निरौलाको पनि स्वर रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा संगीत कोसिशको रहेको छ भने यसमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्ममा कोसिशसंगै नम्रता श्रेष्ठ मुख्य भूमिकामा छिन भने मालासंगै अमितेश शाह, प्रीया रिजाल, श्रीयन्स तिमिल्सिना लगायतको पनि अभिनय रहनेछ । फिल्ममा राजेश श्रेष्ठको छायाँकन रहेको छ भने यस फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् । आइएम सरि , नोभेम्बेर रेन र क्लासिकको निर्देशन गरिसकेका दिनेशले यस पटक भने लभ स्टोरी जनरलाई छाडेर थ्रिलर कथा लिएर आउनेछन् ।

सुवास गिरी र निकिता पौडेलको लगानी रहने यस फिल्ममा कोशिश क्षेत्रीको कथा, किरण माइकलको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button