कतारमा भाइरस संक्रमितको संख्या ७८१ पुग्यो

आज थप ८८ जनामा भाइरस देखिएको छ थप एक जनाको मृत्यु भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ७८१ पुगेको छ । त्यस्तै हालसम्म ६२ जना निको भएर घर फर्किएका छन् भने जम्मा  जनाको जाँच भएको छ ।

आज भाइरस देखिएका मध्येहरु केहि विदेश बाट आएका छन् भने प्राय पुरानै बिरामी बाट संक्रमितहरु छन् । भाइरस सम्बन्धि कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिन्छ ।

आज मृत्यु हुने ५८ वर्षीय व्यक्ति रहेका छन् । भाइरस बाट कतारमा यसअघि ५७ वर्षीय एक बंगलादेशी नागरिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुवै जनामा श्वासप्रश्वास सम्बन्धि पुरानै रोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button