कतारको जवाफ बारे इजिप्टमा छलफल हुँदै

 

कतारले दिएको १३ बुँदेमागको जवाफ बारे छिमेकी चार मुलुकहरुको विदेशमन्त्रीहरु बिच इजिप्टको राजधानी कायरोमा यतिखेर छलफल सुरु भएको छ। छलफलको निस्कर्ष बारे ति राष्ट्रहरुले पत्रकार सम्मेलन गर्ने अनुमान पनि गरिएको छ।

साउदी अरेबियाले आज बिहान कतारको जवाफ पाएको र सही समयमा सही निर्णय दिने जनाएको छ।

कतारी विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रेहमान अल थानीले सोमबार कुवेती अमिरको हातमा मागको आधिकारिक जवाफ सुम्पिनुभएको थियो। तर उक्त जवाफ भने सार्वजनिक गरिएको छैन्।

साउदी अरेबिया,युएई,बहराइन,इजिप्ट लगायतका देशहरुले गत जुन ५ देखि आतंकवाद लाई प्रोत्साहन गरेको आरोप लगाउँदै कतारसंगको कुटनीतिक सम्बन्ध अन्त्य गरि नाकाबन्दी समेत गर्दै आईरहेको छ।तर कतारले भने उक्त आरोपको खण्डन गरेको छ।

त्यसपश्चात ती राष्ट्रहरुले कतार समक्ष १३ बुँदे माग प्रस्तुत गरेको थियो। मागको १० दिने म्याद आइतबार सकिएपछि कतारलाई ४८ घन्टा थप गरिएको थियो।

यता कतारले भने ती मागहरु अन्तर्राष्ट्रिय कानुन विपरित रहेको ,आतंकबाद विरुद्ध नभएको, प्रेस स्वतन्त्रता माथीको आक्रमण र कतारको सार्बभौमसत्ता माथिको हस्तक्षेप भएको भन्दै अस्विकार गरिसकेको छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button