एनसीसी कतारले साहित्यिक कार्यक्रम गर्दै, शुक्रबार दिउँसो १:३० बजे सुरु हुने

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद (एनआरएनए-एनसीसी) कतारले यहि जुन २६ तारिख शुक्रबार कोरोनाबारे सूचना तथा सन्देश प्रवाह गर्न विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जुम एप्लिकेशनको माध्यमबाट हुने आभाषी कार्यक्रममा नेपाल तथा कतारका साहित्यकारहरुको बेजोड प्रस्तूति रहने एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए।

विश्वभर फैकिएको कोभिड-१९ का कारण अस्तव्यस्त वातावरणमा आभाषी कार्यक्रम गरेर केही हदसम्म भएपनि साहित्यिक मनोरञ्जन तथा समाजलाई सकारात्मक सन्देश दिने आफुहरुको उद्देश्य रहेको मुसलमानले बताए ।

कतारको स्थानीय समय अनुसार जुन २६ तारिक दिउँसो १ः३० बजेदेखि सुरु हुने कार्यक्रममा एनासीसी कतार, नेपाल पत्रकार महासंघ कतार शाखा (एफएनजे-कतार शाखा) लगायत कतारका अगुवाहरुको सहभागीता रहने छ।

साथै सूचना, सन्देश र साहित्य नाम दिइएको कार्यक्रममा साहित्यकारहरुका विभिन्न प्रस्तुतीले सकारात्मक उर्जाका साथ मनोरञ्जन समेत प्रदान गर्ने एनसीसी कतारले जनाएको छ ।

कार्यक्रममा नेपालबाट चर्चित कवि मनोज भण्डारी, गजलकार प्रदीप रोदनको सहभागीता रहनेछ भने कतारबाट रेगिस्तानी कवि तिर्थ संगम राई, कवि रुप रसाइली, कवि सिताराम थापा, कवि दिप मिलन त्यस्तै गजलकार प्रेमप्रसाद भट्टराई, गजलकार विन्दा लामा, गजलकार शेखर बस्नेत तथा गजलकार टिका खड्काको सहभागीता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button