अलपत्र कामदारको लागि अस्थायी आवास बन्ने

क्युएनए
कतारले मानव बेचबिखन मुद्दामा अलपत्र कामदारको बचाउ गर्न,आवश्यक सहायता तथा पुनर्वासको लागि कल्याणकारी केन्द्र निर्माण गर्ने बताएको छ।ती केन्द्रले अलपत्र कामदारको स्वदेश फिर्तीको टुंगो नलागे सम्म आवास सेवा समेत प्रदान गर्ने प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्री डा इसा विन साद अल जुफेली अल नुआइमीले बताएका छन्।
फिलिपिन्सको १२० औं राष्ट्रिय दिवसको अवसरमा दोहास्थित दूतावासमा भएको कार्यक्रममा मन्त्री अल नुआइमीले अलपत्र कामदारको लागि सहायता कोष स्थापना गर्ने प्रक्रिया पनि चलिरहेको बताएका छन्।कोषले श्रम उजुरी केन्द्रको निर्णय अनुसार कम्पनी डुब्दा अलपत्र कामदारको बाँकी तलब प्रदान गर्नेछ।
कतारले आप्रवासी श्रमिकको अधिकार सुरक्षित गर्न , स्वच्छ कार्य वातावरण बनाउन र कामदार मालिक बिचको सम्बन्ध सुमधुर पार्न विभिन्न उपाय सँगै कानून परिमार्जित गर्दै आइरहेको मन्त्री नुआइमीले बताएका छन्।