यस्तो देखियो ‘राज्जा रानी’को प्रिमियर शो (फोटोफिचर)

यही पुस २१ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘राज्जा रानी’ को बुधबार साँझ प्रिमियर शो गरिएको छ ।
काठमाडौंमा गरिएको ‘प्रिमियर शो’मा नेता लालबाबु पण्डितदेखि पुराना चर्चित कलाकारहरुको पनि उपस्थिति रहेको थियो । यस चलचित्रको मूख्य भूमिकामा नायक नाजिर हुसेन र नायिका केकी अधिकारी रहेका छन् । यस चलचित्र तराईको कथाबस्तुमा निर्माण गरिएको हो ।
मैथिली भाषामा समेत निर्माण भएको यस चलचित्र भारतको विभिन्न शहरहरुमा समेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो