वरिडुले ल्यायो दुई रियालमा अनलिमिटेड इन्टरनेट

वरिडुले हिजोबाट लागु हुनेगरि २ रियालमा अनलिमिटेड इन्टरनेट प्याक सुरु गरेको छ।यसअघि शाह्री प्रिपेड ग्राहकहरुका लागि दिइएको यस प्याक बाट उत्कृष्ट प्रतिक्रियापछि वरिडुले प्रिपेड ग्राहकहरुको लागि पनि यो सुविधा विस्तार गरेको हो।
अब ग्राहकहरुले २ रियाल मै ६४ केबिपिएस सम्मको स्पिडमा अनलिमिटेड इन्टरनेटको मज्जा लिन पाउनेछन्।साथै प्याक सुचारु गरेको दिनको मध्यरात सम्म चलाउन सकिनेछ।
Data64 लेखी १२१ मा एसएमएस पठाएर वा वरिडु एप्प लगइन गरेर यस अनलिमिटेड प्याक सुचारु गर्न सकिनेछ।साथै यस प्याक ग्राहकहरुले दिनमा एकपटक मात्रै प्रयोग गर्न पाइनेछ।
त्यस्तै ग्राहकहरुले अन्य इन्टरनेट प्याक प्रयोग गरिरहेको खण्डमा भने त्यस प्याकको समाप्ती पछि मात्रै अनलिमिटेड प्याकले काम गर्नेछ।अफरहरु तथा अन्य सुविधा बारे थप जानकारी लिन वरिडुको सामाजिक सञ्जालका पेजहरु र ooredoo.qa मा हेर्न सकिनेछ।
