बिज्ञापन

समस्यामा परेका नेपालीको तथ्याँक सङ्कलन गरिदै, अनलाइनबाटै फारम भर्न सकिने

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसका कारण कतारमा समस्यामा परेका नेपाली नागरिकहरुको तथ्याङ्क संकलन गर्न थालिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । 
नेपाली राजदूतावास कतारले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोनाका कारण नेपालीलाई जुनै किसिमको समस्या भए त्यस्को यथार्थ विवरण अनलाइनबाट विवरण भर्न आग्रह गरेको छ ।

नेपालीहरुको समस्या पहिचान गरी समाधानमा सहजिकरण गर्न उक्त तथ्यांक संकलन गर्न लागिएको हुँदा यथाशक्य प्रष्ट र सांचो विवरण मात्र भर्नुहोला ।

– नेपाली राजदूतावास कतार

फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस्

फाराममा उल्लेखित विवरण भरिसकेपछि सोही फारामको अन्तिममा रहेको Submit बटनमा थिच्नुपर्नेछ ।

कतारमा रहेका नेपालीहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य रहनेसमेत दूतावासको भनाई छ । कसैलाई फाराम भर्न असहज अथवा समस्या भएमा दूतावासको फेसबुक पेजको इनबक्समा गई म्यासेज पठाउनु अथवा दूतावासको फोन नम्बर ४४६७५६८१ र ४४१७१९६२ मा सम्पर्क गरी विवरण टिपाउसमेत आग्रह गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button