कोभिड-१९ खोपका लागि ड्राइभ थ्रु सेन्टरको कार्य समय परिवर्तन हुने

कोभिड-१९ खोपका लागि लुसेल र अल वक्रास्थितको ड्राइभ थ्रु सेन्टरको कार्य समय परिवर्तन हुने भएको छ ।
कतारमा गर्मी बढे संगै यी दुई ड्राइभ थ्रु सेन्टरको कार्य समय जुन १३ बाट बेलुका ४ देखि राति १२ बजे सम्म हुने स्वास्थ्य मन्त्रालयले बताएको छ । त्यस्तै ११ बजे पछि आउनेले खोप लगाउन नपाउने मन्त्रालयले जानकारी दिएको छ ।
यी दुई ड्राइभ थ्रु सेन्टरबाट मात्रै हालसम्म ३ लाख २ हजार व्यक्तिले खोप लगाइसकेका छन् । अहिले यहाँ दोस्रो डाेजको खोप मात्र लगाइन्छ । कतारमा कोभिड -१९ खोप अभियान सुरु भएयता आधा जनसंख्या अर्थात ५१.५ प्रतिशत व्यक्तिले दुबै डाेज खोप लगाइसकेका छन् ।