कतार एयरवेजको टिकटमा ३५ प्रतिशत छुट

रमादानको अवसरमा कतार एयरवेजले आफ्नो इकोनोमि टिकटमा ३५ देखि तथा प्रिमीयम क्लासमा २५ प्रतिशत छुटको अफर दिएको छ । अफर हिजो देखी मे २५ तारिक सम्म खरिद गरिएको टिकटमा मात्र लागू हुने एयरवेजले बताएको छ । साथै यात्राको अवधी ३१ मे,२०१९ भित्रको हुनुपर्नेछ । सो अवधी पश्चात् प्रिमीयम क्लासका लागि १५ र इकोनोमी तर्फ २० प्रतिशतको छुट यथावत रहनेछ ।
http://qatarairways.com/ramadan

प्रिभिलेज क्लब सदस्यहरुले पनि यसै अफर मार्फत आफ्नो क्यु माइल्स र क्यु पोइन्ट्स दोब्बर गर्ने मौका पाउनेछन् । त्यसका लागि यात्रुहरुले १० डिसेम्बर २०१९ भित्र यात्रा गरिसक्नुपर्नेछ ।