आइफोनको कभर फिर्ता गर्न मन्त्रालयको सुझाव

बजारमा हाल प्रचलित भिक्टोरिया कम्पनीको “सिक्रेट लिक्विड ग्लिटर” नामक आइफोन कभरमा खराबी देखिएपछि कतारको अर्थ तथा वाणिज्य मन्त्रालयले उक्त कम्पनीको कभर तत्काल पूरा पैसामा फिर्ता गर्न सुझाव दिएको छ।

कभरमा जडित धातु फुट्दा आउने तरल पदार्थले शरीर पोल्ने तथा चिलाउने समस्या देखिएपछि प्रयोग नगर्न मन्त्रालयले आज ट्विटर मार्फत सुझाव गरेको हो।कभर फिर्ता गरी पूरा पैसा लिन र जानकारी लिन दरिन इन्टरनेशल कम्पनी(कतार)को फोन नम्बर ८०००७०७ मा सम्पर्क गर्न सकिनेछ।