साफ महिला च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, कात्तिक ५-

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ।

समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन्।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ।

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ । यही समूह अन्तरगत सोमबार दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button