आइतवार सम्म वर्षाकाे सम्भावना

देशको प्राय भूभागमा यो हप्ताभरी वर्षाको संभावना रहेको कतारको मौसम विभागले जनाएको छ। अरेबियन पेनिन्सुलामा न्यून चाप प्रक्रियाको प्रभावका कारण अव्यवस्थित मौसम देखिने विभागले हिजो एक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको हो।

विभागको अनुसार यो हप्ताभरि मौसम आंशिक बदली देखि पुरै बदली भई केही स्थानमा कडा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुने देखिएको छ।
विभागले यस अवधिभर समुद्री क्रियाकलाप गर्न अघि आधिकारिक सामाजिक सञ्जाल मार्फत मौसमको अपडेट लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।