बिज्ञापन

आफ्नो तीन दिने विन्टर क्याम्पको लागि नेइमार सहितको पिएसजी क्लब कतार आइपुग्यो

आफ्नो तीन दिने वार्षिक प्रशिक्षण क्याम्पको लागि पेरिस सेन्ट जर्मेन(पिएसजी) क्लबका खेलाडी तथा कर्मचारीहरु आज कतार आइपुगेको छ।”कतार विन्टर टूर”को अवधिभर क्लवले विश्व प्रसिद्ध एस्पायर जोनमा प्रशिक्षण गर्नेछन्।

प्रशिक्षणको क्रममा कतार पर्यटन विकास विभागले आयोजना गर्ने चर्चित स्थानीय खेल स्पियरफिसिङ खेल्ने,मिशैरेब म्युजियम घुम्ने, डेसर्ट सफारी गर्ने लगायत कार्यक्रमहरू तय गरिएको छ।

सन् २०१२ देखि कतार पर्यटन विकास विभाग र पिएसजी ले कतारको खेलकुद विकास लागि सहकार्य गर्दै आइरहेको छ।विभागले क्लबको २०१४ र १५ को ह्यान्डबल टूर, लेडिज टूर २०१५ र विन्टर २०१३,२०१५ टूर आयोजना गरिसकेको छ।

पिएसजी सन् १९७० मा स्थापना भएको फ्रान्सको एक चर्चित फुटबल क्लब हो।यसलाई ओर्यक्स कतार स्पोर्ट्स इन्भेष्टमेन्टले सन् २०११ देखि चलाउँदै आइरहेको छ।त्यस्तै कतार राष्ट्र बैंक र ओरेडो टेलिकमले यसलाई प्रायोजन गरिरहेको छ। क्लबमा विश्व प्रसिद्ध नेइमार,थिएगो, सिल्भा,थोमस, एन्जल डी मारिया,एडिसन काभानी लगायतका खेलाडीहरू समावेस छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button