अगस्ट २१ तारिख इद पर्ने

साउदी अरेबिया को सर्वोच्च अदालतले अगस्ट २१ तारिख मंगलबार यो वर्ष इद अल अधाको पहिलो दिन हुने घोषणा गरेको छ। शनिबार झुल हिज्जा चन्द्रमा देखिएपछि साउदी अरेबियाले इदको मिति घोषणा गरेको हो। यसैगरी अराफत को दिन २० तारिख हुनेछ ।
वार्षिक हज तीर्थयात्रा भने अगस्ट १९ बाट सुरु हुनेछ।
मलेसिया,इण्डोनेशिया,ग्रीस लगायत अन्य केही राष्ट्रहरूमा शनिबार अर्ध चन्द्रमा नदेखिएका कारण इद २२ तारिख पर्नेछ ।
यसअघि युएईको केही खगोलविद्हरुले अगस्ट २२ मा इद पर्ने हिसाब गरेका थिए।
यद्यपि इस्लामिक परम्परा अनुसार चन्द्रमा नहेरी इदको घोषणा हुँदैन।

इदमा बिहानै सबेरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरुमा गई नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
साथै यो दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा व्यक्त गर्दै मिठा परिकार खाने, खुवाउने तथा प्रार्थनाहरु एकआपसमा साटासाट गर्ने गरिन्छ ।