बिज्ञापन

मापसे गरेर आउने दर्शकले कार्यक्रम हेर्न नपाउने

आउँदो शुक्रबार कतारमा हुन गईरहेको बहुचर्चित गायन रियालिट शो नेपाल आईडल को फाईनल कार्यक्रममा मापसे गरेर आउने दर्शकहरुलाई कार्यक्रम स्थल भित्रको प्रवेशमा रोक लगाइने भएको छ।

हिजो एक विज्ञप्ती सार्वजनिक गर्दै कार्यक्रम सभ्यताका सम्पन्न गर्ने हिसाबले मादक पदार्थ सेवन गरेको वा नगरेको जाँच प्रवेशद्वारमा नै गरिने र त्यस्ता दर्शक भेटिए कार्यक्रमको लागि प्रवेश नदिने निर्णय आयोजक पक्षले लिएको हो।

नेपाल आईडलको फाईनल आउँदो शुक्रबार सनैयास्थित ग्राण्ड मल सँगै रहेको एसियन टाउनको यम्फिथिएटरमा हुँदैछ।कार्यक्रममा टप १२ प्रतिस्पर्धी सँगै नृत्यांगना तेरिया मगर,गायक हेमन्त राना,गायिका नलिना चित्रकार  हास्य कलाकार नारद खतिवडा को पनि प्रस्तुति रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button