विभाजित भए चितवनका सुनचाँदी व्यवसायी, तदर्थ समिति गठन

चितवन , मंसिर ४–

चितवनको सुनचाँदी ब्यवसायी संघ विभाजित भएको छ । ब्यवसायीको हितभन्दा नातावाद, कृपावादमा संघलाई लगिएको भन्दै ब्यवसायीहरुले अलग्गै भेला गरेर तदर्थ समिति गठन गरेका हुन् ।

ब्यवसायीको हितमा कुरा गर्दा फरक धारणा राखेको भन्दै संघमा व्यवसायीलाई बस्ने वातावरण नभएको भन्दै आक्रोस पोखेका थिए। चितवनका ठूलो संख्यामा ब्यवसायीहरुले भरतपुरमा भेला गरेर समिति बनाएका छन् । पटक–पटक सहमतिको प्रयास गर्दा पनि संघमा लामो समय काम गरेका ब्यवसायीलाई बरियता मिचेर पाखा लगाएको आरोप लगाउँदै अलग्गै समिति बनाएका हुन् ।

संघमा आवद्ध ४ सय ४३ सदस्य मध्ये करिब दुई सय जनाले अधिवेशन बहिस्कार गरेर ब्यवसायीक हितको लागी काम गर्न भन्दै तदर्थ समिति बनाएर अलग्गै संघ बनाउन लागेका हुन् । वर्तमान अध्यक्षलाई नै धम्काएर अपमान गरेपछि अध्यक्ष निकटका ब्यवसायीहरुले छुट्टै समिति बनाएको एक ब्यवसायीले बताए । अध्यक्षलाई अपमान गरेर घेराबन्दी गरेको आरोप छ । निर्वाचन प्रकृया कब्जा गरेर एकलौटी गर्न खोजेको आरोप भेलाका सहभागीले लगाएका थिए ।

भेलामा सहभागी भएका नेपाल सुनचाँदी ब्यवसायी महासंघका निवर्तमान उपाध्यक्ष विपिन रामुदामुले बहुमतको आधारमा नातावादको दम्भले ब्यवसायीको चिन्तन नगरी ब्यवसायीलाई उल्टै खेदेको बताए । काम, क्षमता र योग्यता भएका साथीहरुलाई बञ्चित गरिएको बताए । ‘क्षमतावान भएका साथीलाई पाखा लगाएपछि साथीहरु असन्तुष्ट हुनुभएको हो । केन्द्रीय अध्यक्षको जिल्लामै साथीहरुले छाता संघभित्र बस्ने वातावरण नहुनु दुखद हो,’ उनले भने , ‘दुई दशकदेखी ब्यापार र ब्यवसायीको हितमा लागेका साथीहरुको कदर र सम्मान नभएपछि त्यो संस्था के को लागी भनेर प्रश्न उठेको छ ।’

उद्योग वाणिज्य संघमा आयोजना गरिएको संघको ९ औ साधारण सभा तथा चौथो अधिबेशन बहिस्कार गरेर ठूलो समूहले भरतपुरमा भेला गरेका थिए । यो भेलामा चितवनका पुराना र अग्रज ब्यवसायीको ठुलो उपस्थिती थियो । संघमा लामो समय काम गरेका राजु बराली, रबिन्द्र पन्थी, सस्थापक सचिव ननेन्द्र बरालीलाई पाखा लगाएको भन्दै आक्रोस पोखेका थिए । ब्यवसायीले सुन सिफारिसका संयोजक हेम सेन्चुरी र वितरक समितिका संयोजक गोपाल बहादुर थापा बिकमाथी पक्षपात गरेर सिफारिस र वितरण गरेको आरोप लगाएका थिए ।

संघमा ब्यवसायी भन्दा पनि आफ्ना निकटकालाई हावी गराएर अध्यक्षलाई निरिह बनाएको आरोप भेलाका वक्ताहरुले लगाएका छन् । संघमा एक्लौटी गरेपछि बस्न नसकेको भन्दै भेला गरेको सुनचाँदी ब्यवसायीका अगुवा रविन्द्र पन्थीले बताए । ‘ पटक–पटक सहमती गर्न खोजेका थियौं । तर काम गरेका साथीलाई संघमा बस्नै नदिन अनेक गरेपछि अपमान सहेर पेलिएर बस्न सकेनौं । साथीहरुकै सल्लाहमा भेला डाकेका हौं,’ पन्थीले भने , ‘वर्षौ काम गरेका अग्रजलाई समितिमा नराखेर नातावाद हावी भएपछि यो कदम बाध्यताले उठाएका हौं ।’

पश्चिम चितवनका ब्यवसायी संजिव विश्वकर्माले साधारण सभाम प्रतिनिधि बनाएको तर अधिबेशनमा सहभागी नगराएको सदस्यको कुरा अवमुल्यन गरेको बैठकमा फरक धारणा राखेको कारण धम्काउने गरेको बताए । एउटा समूहले हामी नै हुनपर्छ हाम्रै मात्र हुनपर्छ भनेर कब्जा गरेको आरोप लगाए । ‘ मदिरा खुवाएर मान्छे ल्याएर धकेला धकेल गरेर अध्यक्षलाई नै दुब्र्यवहार गरिएको छ,’ उनले भने ,‘ब्यवसायीको हित भन्दा आफ्ना मान्छेलाई काखी च्यापेर एकलौटी गरेपछि हामी बस्नै सकेनौं ।’

तदर्थ समिति गठनः

ब्यवसायीको भेलाले तदर्थ समिति गठन गरेको छ । चेत बहादुर विश्वकर्मा (राजु बराली)को संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति बनाइएको छ । समितिलाई दर्ता प्रकृया, जिल्ला भेला गर्ने गरी जिम्मेवारी तोकेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button