नेपालमा कोरोना: एकैदिन १० जनामा संक्रमण, कुल संक्रमितको संख्या ६९ पुग्यो

नेपालमा आज एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालमा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताएका छन् ।

नेपालगन्जका संक्रमित ७ वर्षीय बालक देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । यस्तै नेपालगञ्जमा मात्रै कोरोना संक्रमितको संख्या १० पुगेको छ । यसअघि एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button