झाडीभित्र लुकेर तास खेलिरहेका बेला पक्राउ, २३ जनाबाट सवा ५ लाख नगद बरामद

कञ्चनपुर,कात्तिक १५-

कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन्।भीमदत्त नगरपालिका-१ बराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा झाडीभित्र तास खेलिरहेका बेला १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट ४ लाख ७४ हजार ९८ र १४ गड्डी तास बरामद भएको छ।

यस्तै, वेदकोट नगरपालिका-७ सुडामा तास खेलिरहेका ४ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। न्यु हाइवे वाइन्स एन्ड क्याफेमा तास खेलिरहेका बेला पक्राउ परेका उनीहरूका साथबाट २६ हजार २५० बरामद भएको प्रहरीले जनाएको छ।

दोधारा चाँदनी नगरपालिका-१ भूमिराज टोलमा पनि तास खेलिरहेका ६ जना पक्राउ परेका छन्। उनीहरूका साथबाट २५ हजार १ सय ७५ रुपैयाँ र एक गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button