अल बायत रंगशालाको भित्तामा कामदारको फोटो

अल बायत रंगशालाको एउटा भित्तामा कामदारको फोटो राखिएको छ । रंगशाला निर्माणमा योगदान दिने श्रमिकप्रति समर्पित गर्दै फोटो राखिएको भित्ताको हिजो सुप्रेम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) ले उद्घाटन गरेको हो ।
रंगशाला जस्तै भित्ताको डिजाइन पनि टेण्टको बुट्टा आकारमा बनाईएको छ । स्थानीय भाषामा ‘बायत अल शार’ भनिने यो पाललाई कतार लगायत खाडी क्षेत्रका मानिसहरूले ऐतिहासिक रूपमा प्रयोग गर्दै आइरहेका छन् ।

६० हजार दर्शक क्षमताको यो रंगशाला अल खोर सहरमा अवस्थित छ । यसमा कतार विश्वकप २०२२ को उद्घाटन खेल सन्चालन हुनेछ । रंगशालाको उद्घाटन यसै वर्ष हुने तय गरिएको छ ।