बुधबारदेखि वर्षाको सम्भावना

मौसम विभागले भोलि बुधबारदेखि देशभर वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
वर्षाको सम्भावना विशेषगरी शनिबार र आइतबार रहेको विभागले आफ्नो टुइटर मार्फत रिपोर्ट जारी गर्दै जानकारी गराएको छ ।
मौसम हल्का बदली देखि पुरै बदली भै केही प्राय स्थानमा भोलिबाट वर्षा हुनसक्नेछ । कडा हावाहुरी चल्ने र प्रत्यक्षता २ किलोमीटर भन्दा तल झर्ने विभागको रिपोर्टमा उल्लेख छ ।
सो समयमा समुन्द्री गतिविधि नगर्न र सहि सूचनाको लागि आधिकारिक श्रोत हेर्न विभागले सबैलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
32
मनपर्यो
12
खुसी लाग्यो
16
दुःख लाग्यो
6
रुन मन लाग्यो
4
हाँसो लाग्यो
7
रीस उठ्यो
One Comment