आज २८३ जनामा भाइरस देखियो,थप २ को मृत्यु

स्वास्थ्य मन्त्रालयले मंगलबार २८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २७५ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०९,८८० पुगेको छ ।
भाइरसको कारण आज थप २ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,७३६ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १६७ रहेको छ र निको हुनेको संख्या १,०६,६०३ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ५१ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ४९६ जना
आईसीयुमा भर्ना भएका – ५ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ९२ जना
आज सम्म जाँच भएको संख्या – ४,८१,९३० जना
निको हुन बाँकीको संख्या : ३,११० जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।