आमन्त्रित व्यक्तिहरु मात्रै ‘परेडमा’ सहभागी हुन पाउने

राष्ट्रिय दिवसको दिन हुने यस वर्षको “राष्ट्रिय परेड” मा आमन्त्रित व्यक्तिहरु मात्रै सहभागी हुन पाउने भएको छ । विशेष आमन्त्रित व्यक्तिहरु स्वास्थ्य संस्था क्षेत्रका कर्मचारी र तीनका परिवार पर्ने आयोजक समितिले बताएको छ । अन्य व्यक्तिहरुलाई बिहान कर्नेश प्रवेशमा रोक लगाईनेछ । त्यस्तै आतसबाजी कर्नेशमा बेलुका ८:३० बजे हुनेछ ।
स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्दै सावधानी र रोकथामकारी उपाय पालना गरेर परेड आयोजना हुनेछ ।
राष्ट्रिय दिवसको अवसरमा अमिरी दिवानले डिसेम्बर १७ तारिक बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।