नेपालविरुद्ध भारतलाई अग्रता, नेपालको गोललाई मान्यता नदिँदा तनाव

काठमाडौँ,कात्तिक ११-
साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ। भारतले खेलको ७० औँ मिनेटमा गोल गरेको हो। रेखा पौडेलले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको नेपाल १–० ले पछि परेको हो।यतिबेला रंगशालाको अवस्था फेरि तनावग्रस्त बनेको छ।
भारतले गोलको सेलिब्रेसन गरिरहँदा नेपालले बल चलाएर खाली पोस्टमा गोल गरेपछि पुनः तनाव सिर्जना भएको हो। तर, रेफ्रीले सुरुमा गोलको मान्यता दिए पनि पछि मान्यता नदिँदा फेरि विवादले खेल रोकिएको छ। दर्शकहरुले रेफ्रीविरुद्ध नाराबाजी गरेका छन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो