साउदी अरेबियासंग वार्ता जारी छ : विदेशमन्त्री अल थानी

अल  जजिरा

कतारको विदेशमन्त्रीले नाकाबन्दीको समस्या समाधान गर्न भइरहेको वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार रोममा भएको वैदेशिक नीति सम्मेलनमा बोल्दै मन्त्री शेख अब्दुलरह्मान अल थानीले आफ्नो राष्ट्र र छिमेकीहरु बिचको समस्या अहिले आएर गतिरोध अवस्थामा पुगेको बताएका छन् ।

आतंकवादलाई सहयोग गरेको र आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै साउदी,युएई र बहराइन मिलेर सन् २०१७ को जुन देखि कतारमाथी नाकाबन्दी लगाउदै आइरहेका छन् । कतारले आफुलाई झुठो आरोप लगाएको भन्दै त्यसलाई नकार्दै आइरहेको छ । हाल आएर छिमेकी राष्ट्रहरुको नाकाबन्दीको असर कतारमा न्यून रहेको छ ।

त्यस समय नाकाबन्दी हटाउन अल जजिरा नेटवर्क बन्द गर्नुपर्ने,टर्की सैनिक बेस क्याम्प हटाउनुपर्ने र इरान सङको सम्बन्ध कम गर्नुपर्ने लगायत १३ बुदे शर्त छिमेकी राष्ट्रहरुले राखेको थियो । कतारले पनि आफ्नो स्वतन्त्रता माथी हनन हुने भन्दै छिमेकी देशहरुको शर्त मानेन । त्यसयता नाकाबन्दी अहिलेसम्म जारी नै रहेको छ ।

“छिमेकी देशहरु बिच हाम्रो सम्बन्ध केही सुधार भएको छ । उनिहरु विशेषगरि साउदी सङ विभिन्न स्थानमा हाम्रो केही वार्ताहरु भैरहेको छ ,आशा गरौं यी वार्ताहरुले समस्याको टुंगो लगाउनेछ ,” सम्मेलनमा बोल्दै मन्त्री अल थानीले बताए । तर उनले हालसालै आफू साउदी अरेबियाको भ्रमण गरेको बारे बोल्न चाहेनन् ।

अमेरिकी पत्रीका वाल स्ट्रीट जर्नलको अनुसार विदेशमन्त्री अल थानीले अक्टोबर महिनामा साउदी अरबको भ्रमण गरेको बारे समाचार लेखेको थियो । समाचारको अनुसार त्यहाँ उनले साउदीका उच्च व्यक्तित्व सङ भेट गरि समस्या सुल्झाउन पहल गरेका थिए । गत मे महिनामा मक्कामा भएको कतारी प्रधानमन्त्रीद्वारा सहभागी अरब सम्मेलनपछि यो कतारी अधिकारी बाट उच्चस्तरीय भ्रमण रहेको छ ।

केही दिन अघि मात्र साउदी अरबिया राजा सलमानले कतारको अमिर शेख तमिम बिन हमाद अल थानीलाई गल्फ सहायता काउन्सिल (जीसीसी) सम्मेलनका लागि निम्तो पनि पठाएको छ। डिसेम्बर १० मा रियादमा हुने ४० औँ गल्फ सम्मेलनमा भाग लिन साउदीका राजा सलमानले लिखित पत्र पठाएका थिए ।

जीसीसी ६ खाडी राष्ट्रको संगठित समूह हो । जसमा कतार,साउदी अरेबिया,युएई,बहराइन,ओमान र कुवेत रहेका छन्  ।

हालै आएर कतारले आयोजना गरेको २४ औं अरेबियन गल्फ कपमा सहभागिताले पनि छिमेकी देशहरु कतारप्रती केही लचिलो भएको देखिन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button