६५ वर्ष देखि माथिका व्यक्तिले खोप लगाउन पाउने

कतारमा कोरोनाभाइरसको पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत खोप लगाउन पाउने योग्य उमेर सिमा ७० बाट ६५ मा सारिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । अब ६५ वर्ष देखि माथिका व्यक्तिले खोप लगाउन मन्त्रालयको हटलाइन नम्बर ४०२७७०७७ मा सम्पर्क गरेर एपोइन्टमेन्ट लिन पाउने भएका छन् ।
हाललाई खोप लगाउन योग्य समूहहरु :
- ६५ वर्ष देखि माथिका व्यक्ति ।
- गम्भिर दीर्घकालीन अवस्था भएका व्यक्तिहरू ।
- अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु ।
खोपका लागि योग्य व्यक्तिहरूलाई प्राथमिक स्वास्थ्य कर्पोरेशनले सिधा सम्पर्क गरेर नियुक्तिको प्रबन्ध गर्न एसएमएस वा फोन कल द्वारा सम्पर्क गर्नेछ । ६५ वर्ष देखि माथिका व्यक्तिलाई कर्पोरेशनले नबोलाएको खण्डमा उनीहरुले सिधै हटलाइन नम्बर ४०२७७०७७ मा सम्पर्क गरेर एपोइन्टमेन्ट लिनुपर्नेछ । हाललाई एपोइन्टमेन्ट लिएका व्यक्तिहरुले मात्र खोप लगाउन पाउनेछन् ।
साथै यी बाहेक अन्य समुहका व्यक्तिहरुले खोप लगाउनका लागि अर्को चरण सम्म पर्खनुपर्नेछ ।
मन्त्रालयले खोप कम्पनीहरूसँग थप मात्रामा खोप आयात गर्न निरन्तर लागि परेको बताएको छ ।