राष्ट्रपति विद्यादेवीद्वारा अध्यादेश जारी, सबै एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने

काठमाडौं,मंसिर २१ –
राष्ट्रपति
ले दुई अध्यादेश जारी गरेकी छन्। आइतबार राष्ट्रपतिले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन्।
यी दुवै अध्यादेश राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछन्। समाजिक सुरक्षा (पहिलो संसोधन) अध्यादेशमा सरकारले सबै सरकारले तोकेको परिभाषाभित्र पर्ने एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरेको छ। यअसघि ६० वर्ष पुगेका एकल महिलाले मात्र समाजिक सुरक्षा भत्ता पाउने व्यवस्था थियो।
स्तै उक्त अध्यादेशमा अतिअशक्त अपांगले सामाजिक सुरक्षा भत्ता नपाउने साविकको व्यवस्था संशोधन गरी अतिअशक्त अपांगलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ। यस्तै नेपाल सरकारबाहेक अन्य निकायबाट निवृत्तिभरण पाउने भए उनीहरूका लागि पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उल्लेख छ। यसबाट बेलायती र भारतीय सेनाबाट निवृत्त भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।