बिज्ञापन

कृषिमा काम गर्न जापानले वैदेशिक कामदार भित्र्याउने

जापान सरकारले सोमबार कृषिक्षेत्रमा काम गर्न वैदेशिक कामदार भित्र्याउने निर्णय गरेको छ। सरकारले तोकेको निश्चित कृषि फारममा काम गर्नकालागी वैदेशिक कामदार भित्र्याउने निर्णय गरेको हो। ‘बढदो जनसँख्यासँगै कृर्षि क्षेत्रमा देखिएको दक्ष कामदारको अभावलाई पुर्ति गर्न सरकारले वैदेशिक कामदार भित्र्याउने निर्णय गरेको’ जापानका प्रधानमन्त्री सिन्जो आबीले बताएका छन्।

कृषि सम्वन्धी सरकारले तोकेको क्षमता दक्षता भएका कुनै पनि देशका नागरिकले जापानको कामदार भिसा पाउन सक्ने छन्। कृषि बिज्ञान बढेका र जापानीज भाषा बोल्न जान्नेलाई बढी प्राथमिकता दिने समेत सरकारले बताएको छ।

कृषिमा काम गर्न आउने वैदेशिक कामदारलाई सरकारले अन्य जापानीज कामदार सरह तलब भत्ता दिने समेत बताएको छ। सरकारले सन १९९३ देखि बिभिन्न मुलुकबाट कामदार भित्र्याउने गरेको भएपनि कृषिसम्वन्धी काममा दक्षता नभएका कामदारहरुलाई भित्र्याएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो।

 

via – SETOPATI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button