बिज्ञापन

टेलिकम १५ औं वर्षमा, फोरजी सेवा देशभर विस्तार गर्ने तयारी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले सोमबार वार्षिकोत्सव मनाउँदैछ ।

१४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा टेलिकमले बार्षिकोत्सव मनाउने भएको हो । सरकारी स्वामित्वको नेपाल टेलिकमले पछिल्ला दिनहरुमा सूचना प्रविधिको विकास र विविधिकरणमा फड्को मारेको छ ।

टेलिकमले सबै जिल्लामा आफ्ना सेवा विस्तार गरिसकेको छ । गएको वर्षदेखि टेलिकमले जीएसएमअन्तर्गत देशमै पहिलो फोरजी सेवा सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौं र पोखरामा सञ्चालित फोरजी सेवालाई छिटै देशका सबै ठाउँमा विस्तार गर्ने टेलिकमको लक्ष्य छ ।

विश्वसँगको सम्बन्धलाई इन्टरनेटमार्फत जोड्ने काम अब भारतका साथसाथै चीनबाट समेत सम्भाव भएको छ । केही दिनअघि मात्र यसको औपचारिक सुरुवात भएको हो ।

जीएसएम मोबाइलका ग्राहक एक करोड ६२ लाख २५ हजार, सीडीएमए सेवाका १६ लाख ५० हजार तथा पीएसटीएन सेवाका ग्राहक ६ लाख ८२ हजार रहेका टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button