नयाँ खोप केन्द्र खुल्ने

कतारले कोभिड-१९ खोप अभियानलाई थप तिब्रता दिने भएको छ ।

अभियान अन्तर्गत स्वास्थ्य मन्त्रालयले बु गार्नमा जनवरी ९ देखि संचालन हुनेगरि नयाँ खोप केन्द्र खोल्ने जानकारी दिएको छ ।

केन्द्रमा व्यापार तथा उद्योग क्षेत्रका कामदारलाई दैनिक ३० हजार बढी खोप दिइनेछ । बुस्टर डाेजलाई प्राथमिकतामा राखेर पहिलो र दोस्रो डाेज लगाउन बाँकी रहेकाहरुलाई पनि खोप वितरण गरिने मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालय, हमाद मेडिकल कर्पोरेशन र प्राइमरी हेल्थ केयर कर्पोरेशन बीचको सहकार्य तथा आन्तरिक मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय र कोनोकोफिलिप्स-कतारको सहयोगमा खोप केन्द्र खुल्न लागेको हो ।

केन्द्रमा अपोइन्टमेन्टको आधारमा मात्र खोप वितरण गरिनेछ । केन्द्रमा बुकिङ र अपोइन्टमेन्ट प्रक्रिया पूरा गर्न सहयोग डेस्क पनि राखिएको छ। अपोइन्टमेन्ट बिना कसैलाई पनि प्रवेश नदिइने मन्त्रालयले स्पष्ट पारेको छ ।

कम्पनीले QVC@hamad.qa मा इमेल गरेर योग्य कामदारको लागि अपोइन्टमेन्ट लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
18
मनपर्‍यो
खुसी लाग्यो
56
खुसी लाग्यो
दुःख लाग्यो
7
दुःख लाग्यो
रुन मन लाग्यो
5
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
6
रीस उठ्यो
Back to top button