विनोद रानाभाटलाई मृत्युदण्डको सजाय भएको छैन : दूतावास

भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका विनोद रानाभाटलाई यहाँको अदालतले मृत्युदण्ड दिईएको भ्रमपूर्ण समाचार बारे दूतावासले प्रेस विज्ञप्ति जारी गरेकोे छ । दूतावासको अनुसार रानाभाटलाई कतारको सम्बन्धित अदालत बाट मृत्युदण्ड नभई तिन वर्ष जेल र ब्लडमनी २ लाख ६० हजार रियाल तिर्नुपर्ने सजाय भएको हो ।
साथै उनको जेल सजाय ३० अक्टोबर मा समाप्त हुने र ब्लडमनीको रकम भुक्तान गरेपछि उनि रिहा हुनेछन् ।
दूतावासको विज्ञप्ति
विनोद रानाभाटको मुद्दलाई इस्लामी शरीयाह कानुन अनुसार हेर्दा : प्रोफेसर मोहम्मद रमजान अलि मियाँ
[bs-quote quote=”.” style=”default” align=”left” author_name=”प्रो.रमजान अलि मियाँ” author_job=”कतार राष्ट्रिय मानवअधिकार समितिका नेपाली प्रतिनिधि” author_avatar=”https://qnkhabar.comm/wp-content/uploads/2019/06/ProRamjanAlimiya.jpg”][/bs-quote]यस विषयमा कानुनी पक्ष बाट हेर्ने हो भने केही कुरा हामीले बुझ्नु पर्ने हुन्छ ।
सम्मानित अदालत बाट जारी भएको फैसला बमोजिम निजले अब्दुल्लाह कुटि अशरफ भन्ने भारतिय नागरिकको हत्या गरेको ठहर भएको छ।
अरबी वाक्य लाई मध्यनजर गर्ने हो भने प्रस्तुत मुद्दामा कतारी कानुनका दुई धारा आकर्षित भएको देखिन्छ ….
(१) हुक्म ए असली
(२) हुक्म ए फरइ
फैसलाको दुवै धारामा मृत्युदण्ड तथा आजीवन कारावास तथा फासीको कुनै जिकिर छैन। यति कुरा दोस्रो धारा बाट प्रष्ट हुन्छ कि ब्लडमनी नतिरेसम्म कैदमा बस्नु पर्नेछ त्यो पनि कानुनले ब्यवस्था गरे अनुसार। जसको निर्धारण सिविल कोर्टमा च्यालेन्ज गरे वा मृतकको परिवार सहमतिमा आएको आधारमा पनि हुनेछ।
यस फैसला लाई आधार मान्ने हो भने र यदि हाल सम्म पनि विनोद रानाभाटको तर्फबाट पुनरावेदन भएको छैन भने पुनरावेदन गर्न मिल्ने आधार समयावधि भित्र हुन पनि सक्छ नहुन पनि सक्छ। यो दुई वटा कुरा फरक फरक सबुत प्रमाणको आधारमा हुनेछन् ।
यसैगरी प्रस्तुत मुद्दालाइ सिविल कोर्टमा च्यालेन्ज पनि गर्न सकिन्छ यदि हामी बाट केही सबुत प्रमाण जुटाउन वा कुनै माध्यम बाट निज निर्दोष देखिने केही झिनो आधार छ भने ।
इस्लामी शरीयाह कानुन अनुसार दियतको ब्यवस्था अनुरुप परिवारले सहमति जनाएमा ब्लड मनि ( भुक्तानी )अदा गरे पश्चात् फैसला भएको मिति वा आफुले कैदमा रहेको मिति कटाएर बाँकी अवधी कट्टा गरि यो फैसला बर्हिगमन अर्थात डिपोर्टेशन मार्फत निज सहजै नेपाल फिर्ता हुन सक्ने प्रसस्त कानुनी ब्यवस्था रहेको छ।
कानुनी दफा नम्बर १/३०६०५१
पुनरावेदन भएको छैन र यसै फैसला लाइ अन्तिम मान्ने हो भने निज विनोद रानाभाटले ३ वर्ष जेल सजाय काट्नु पर्नेछ र सजाय स्वरुप कतार बाट डिपोर्ट हुनु पर्ने सम्मानित अदालतको फैसलामा जिकिर गरिएको छ। यसलाइ अरबी भाषामा हुक्म ए असली भनिन्छ।
हत्या नै गरेको साबित भए पनि इस्लामी शरीया कानुनमा समुहगत रुपमा हत्या र एकल रुपमा गरेको वा ठहरिएको हत्यामा ठूलो अन्तर देखाइएको छ र हुने सजाय पनि फरक फरक प्रकृतिका छन् ।
कत्ल ए खता
कत्ल ए अमद इत्यादि ..
अनि सजाय (१) कसास अर्थात बराबरी , सोही प्रकृतिको सजाय ज्यानको बदला ज्यान( खुनको बदला खुन)
(२) दियत अर्थात जे जस्तो भएता पनि अर्कोको ज्यान नलिइयोस र आर्थिक मामिला बाट समाधान होस।
यसैगरी ३ वर्ष कारावास र निजले मृतकको परिवारलाई २,६०००० अक्षेरुपी दुई लाख साठी हजार कतारी रियाल ब्लड मनि पनि तिर्नु पर्नेछ। यस कानुनी प्रावधान लाई हुक्म ए फरई भनिन्छ।
यसैगरी यदि निजले समय अवधी भित्र सो ब्यवस्थापन गर्न नसकेमा यो सजाय लामो समय करावासमा परिणत पनि हुन सक्नेछ जसलाई अरबी कानुनमा ताअन भनी व्याख्या गरिएको छ।
प्रोफेसर रमजान अलि मियाँ , कतार राष्ट्रिय मानवअधिकार समितिका नेपाली प्रतिनिधि हुनुहुन्छ । वहाँ कतारको श्रम ऐनको अनुवादक साथै इस्लामी तथा शरीया कानुन बिज्ञ हुनु हुन्छ ।