बिज्ञापन

एआरटीको परीक्षण गरियो

कतारमा बिल्कुलै नयाँ किसिमको सवारी परीक्षण भएको  छ । प्रधानमन्त्री  तथा आन्तरिक मन्त्री शेख अब्दुलाह बिन नासेर बिन खलिफा अल थानी लगायत अन्य मन्त्रीहरुको उपस्थितिमा हिजो यातायात तथा सञ्चार मन्त्रालयले एआरटीको अल खोर हाईवेमा सफल परीक्षणको आयोजना गरेकोे छ ।

अत्याधुनिक तथा वातावरण उपयोगी रहेको एआरटी साधारण भाषामा बस र रेलको गुण भएको विद्युतीय सार्वजनिक सवारी साधन हो । यो अपाङ्गता भएका यात्रुको समेत माग अनुसार भित्री र बाहिरी डिजाइन गरिएको छ । 

दुबै दिशामा गुड्न सक्ने एआरटीको उच्च गति ७० किलोमिटर रहेको छ । जम्मा तीन मोडलमा रहेको एआरटीकाे सामान्य बसको चौडाइमा ३०७ यात्रु क्षमता रहेको छ । यो जम्मा १० मिनेट चार्ज गर्दा २५ किलोमिटर र ३ घण्टाको पूरा चार्ज गर्दा ७० किलोमिटर गुड्न सक्छ ।

यो पूर्ण रुपमा संचालनमा आउन अझै १५ देखी १६ महिना सम्म लाग्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button