‘न्यू ईएर वेलकम नाईट’ को तयारी पुरा, भोली हुँदै छ कार्यक्रम

आइबोस ग्लोबल कतार द्धारा आयोजना हुन गईरहेको “न्यू ईएर वेलकम नाईट” को सम्पूर्ण तयारी पुरा भएको छ । “नेपाली उत्पादनलाई विश्व बजारमा प्रबद्धन गरौ । राष्ट्र निर्माणको महाअभियानमा एक जुट हौ” भन्ने मुल नारा बोक्दै आयोजना हुन लागेको यस कार्यक्रम आइबोस ग्लोबल कतारको दोस्रो प्रस्तुती हो । कतारमा भएका प्रवाशी नेपालीहरुको मनोरन्जनको निमित्त नेपाल बाट विभिन्न विधाका झन्डै दर्जनौ कलाकारहरु कतार आउने क्रम जारी छ ।
कार्यक्रमको टिकट शुल्क ३५,५०,७५ तथा १०० कतारी रियाल रहेको छ ।
गायक/गायिका ज्योति मगर (लोक दोहोरी), पशुपति शर्मा (लोक दोहोरी), प्रमोद खरेल (आधुनिक), रुप कुमार राई (आधुनिक), कोपिला गुरुङ्ग (आधुनिक), सहिष्मा श्रेष्ठ (आधुनिक)
जितु नेपाल (हास्य कलाकार), मोडल तथा निर्देशक शंकर बि.सी / स्मृति तिमिल्सिना, रश्मी तामाङ्ग (मोडल) र सुर्जनी के.सी (नायिका तथा उद्धघोषिका)
www.qnradio.com हेर्दै र पढ्दै गर्नु होला ।