अमिर एसियन राष्ट्रको भ्रमणमा

क्युएनए
अमिर शेख तमिम विन हमद अल थानी एसियन राष्ट्रको भ्रमणको क्रममा आज बेलुका मलेसिया पुग्नुभएको छ।
दुईदिने भ्रमणको लागि मलेसिया जानुभएको अमिर तथा कतारी प्रतिनिधिहरूलाई त्यहाँको रक्षामन्त्री हिशममुद्दिन हुसेन,अन्तराष्ट्रिय व्यापार तथा उद्योग मन्त्री मुस्तपा मोहम्मद ,मलेसियाका लागि कतारी राजदूत इसा मोहम्मद अल मानी लगायत राजदूतका कर्मचारीहरुले स्वागत गरेका थिए।
अमिरको भ्रमणकै शिलसिलामा कतारी अर्थ तथा वाणिज्य मन्त्रालय र मलेसियाको व्यापार तथा उद्योग मन्त्रालयको समन्वयमा कतारी-मलेसियन आर्थिक मञ्च को आयोजना पनि हुँदैछ।
अमिरले मलेसिया पछि सिंगापुर हुँदै इन्डोनेसिया भ्रमण गर्नुहुनेछ । अमिरको ती राष्ट्रका प्रमुख र उच्च पदाधिकारी सँग द्विपक्षीय सम्बन्ध,त्यसको विकास र अन्य साझा मुद्दामा छलफल गरिने कार्यक्रम रहेको छ।त्यस्तै दुई देश बीचको केही सम्झौता र ज्ञापनपत्रमा हस्ताक्षर समेत हुनेछ।
