नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च, कतारको पाँचौ राष्ट्रिय अधिवेशन सोमबार दोहामा सम्पन्न भएको छ । झण्डै  तीनसय जना नेपालीको उपस्थिति रहेको अधिवेशनमा कतारमा रहेका एक दर्जन नेपाली समुदायका संघ संस्थाहरुले पनि सहभागिता जनाएका थिए । अधिवेशनमा नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा मतदान गर्नको लागि आफ्नो परिवारलाई पठाउन अनुरोध गरेका थिए ।

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चानक पोखरेल चयन भएका छन् । मञ्चको सोमवार राती सम्पन्न पाँचौ अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । पोखरेल झन्डै १६ बर्षदेखि कतारमा कार्यरत छन् ।

कार्यसमितिको उपाध्यक्षहरु क्रमशः द्रोण वस्नेत, अब्दुल अफिज, चानीलाल राजवंशी, जियाबाबु खान, रजनी केशी कार्की र उमा नेपाली, महासचिव मुनाफ मियाँ, सचिव प्रभात त्रिपाठी र कोषाध्यक्ष चेतनारायण श्रेष्ठ रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button