राजदूत र कतार विश्वविद्यालयका प्रमुख बीच भेटवार्ता सम्पन्न

कतारका लागि नेपालका राजदूत रमेश प्रसाद कोइराला र कतार विश्वविद्यालयका अध्यक्ष डा. हस्सान अल देरहम र सोही विश्वविद्यालयका निर्देशक डा. अब्दुल्लाह अब्दूलरह्मन बीच हिजो छुट्टाछुट्टै भेटघाट कार्यक्रम सम्पन्न भएको छ।भेटघाटमा द्विपक्षीय सम्बन्ध अभिवृद्धिका सिलसिलामा विभिन्न समसामयिक विषयहरूमा छलफल भएको छ।

भेटघाटको क्रममा पर्यटन विकास, जलविद्युत तथा सेवामूलक लगायत विभिन्न क्षेत्रमा द्विपक्षीय लगानी अभिवृद्धि, भौतिक पूर्वाधार विकास, नेपाली श्रमिकहरूका लागि सीपमूलक तथा सेवामूलक क्षेत्रमा तालिम तथा अवसरहरूको उपलब्धता, नेपालीहरूका लागि अरेविक भाषा तालिम तथा शैक्षिक छात्रवृत्तिको व्यवस्था, कतारमा कार्यरत नेपाली कामदारहरूको हक हित प्रवर्धन एवम् अध्ययन तथा अनुसन्धानमूलक कार्यहरू लगायतका विविध विषयहरूमा छलफल तथा विचार आदान प्रदान गरिएको छ ।

भेठहत बाट राजदूत कोइरालाको अनुरोधमा कतार विश्वविद्यालयले पहिलो चरणमा नेपाली राजदूतावासका कर्मचारीहरूलाई अरेविक भाषा तालिम उपलब्ध गराउने, दोस्रो चरणमा नेपाली कूटनीतिक कर्मचारीहरूलाई अरेविक भाषा तालिम उपलब्ध गराउने एवम् नेपाली विद्यार्थीहरूका लागि कतारी विश्वविद्यालयमा उपयुक्त शैक्षिक छात्रवृत्तिका अवसरहरू उपलब्ध गराउने लगायतका विषयहरूमा आवश्यक कार्यहरू अगाडि बढाइएको जानकारी प्राप्त भएको छ ।