इण्डो नेपाल टी–२० च्याम्पियनसीपः आर्मी र दिल्ली विजयी

चितवन, पुस ९–

चितवनमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप अन्तरगत आज (बुधबार) भएका खेलहरुमा विभागीय टोली त्रिभुवन आर्मी क्लव र भारतको दिल्ली वन्डर्स विजयी भएका छन् ।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा तृतराज दासको अलराउण्डर प्रदर्शनमा आर्मीले तलतला इन्स्टिच्युटलाई ९ रनले गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । २०१ रनको लक्ष्य पछ्याएको तलतला १९.४ ओभरमा १९१ रनमै अलआउट भयो । तलतलाका लागि निखिल रावले ७७ रनको पारी खेले । अदित्य पाण्डे ४७, चक्रधार द्वीवेदी २४ र प्रशान्त श्रीवास्तवले १३ रनको योगदान दिए ।
आर्मीका लागि आकाश चन्दले ४ ओभरमा ३५ रन खर्चिदै ४ विकेट लिए भने तृतराज दासले ३, नरेन साउदले २ र सन्तोष यादवले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ८ विकेट गुमाउँदै २ सयको योगफल तयार पारेको थियो । आर्मीका लागि सन्तोष कार्कीले ४६, तृतराज दासले ४३, सन्तोष यादवले ४२, पवन कार्कीले ३१ रनको योगदान दिए । तलतलाका लागि अदित्य चित्रान्सले ४ ओभरमा २२ रन खर्चिदै ४ विकेट लिए भने शिव कुमारले २ ओभरमा १७ रन खर्चिदै २ विकेट लिए । खेलमा अलराउण्डर प्रदर्शन गरेका तृतराज दास प्लेयर अफ दि म्याच घोषित भए ।

बुधबार नै भएको अर्को खेलमा भारतको दिल्ली वन्डर्सले घरेलु टोली चितवन क्रिकेट क्लवलाई ३० रनले पराजित ग¥यो । १४३ रनको लक्ष्य पछ्याएको चितवन १५.३ ओभरमा ११२ रनमै समेटिएपछि दिल्लीले दोस्रो जित दर्ता गरेको हो । चितवनका लागि गौतम केसीले सर्वाधिक २५ बलमा ४० रनको योगदान दिए । दीपेश श्रेष्ठले २१, दीपेश कंडेलले १७ र रोशन झाले १३ रन बनाए ।
चितवनलाई सस्तैमा समेट्न दिल्लीका हर्षित सेठ्ठीले ३.३ ओभरमा २९ खर्चिदै ५ विकेट लिए । दुष्यान्त राघभले २, विवेक धामी र तरुण विष्टले समान एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको दिल्ली वन्डर्सले ८ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । उसका लागि विशाल पाण्डेले ५३, दुश्यान्त राघभले २२ र हर्षित सेठ्ठीले २० रनको योगदान दिए । चितवनका लागि दीपेश कंडेलले ३, गौतम केसीले २, विपिन खत्री, नरेश प्रधान र शुभ कंशकरले समान एक विकेट लिए । ५ विकेट लिएका हर्षित सेठ्ठीले प्लेयर अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button