
भन्सार विभागले हालसालै हमद वन्दरगाहमा 19 टन गाजा संगै 21 हजार मदिराको बोतल जफत गरेको छ।जहाजमा काठको बाक्सा भित्र एक निरिक्षकलाई शंका लागेर गरिएको परिक्षणपछि ठुलो मात्रामा गाजा र मदिरा पत्ता लागेको हो। साथै थप लटको गाजा इलोक्ट्रोनिक सामान भित्र र मदिरा तेलको बाक्सा मुनी लुकाएर राखिएको अवस्थामा फेला पारिएको थियो। यसअघि रमदानको समयमा 17 केजी गाजा हमद विमानस्थलबाट जफत गरिएको थियो। भन्सार विभागको प्रमुख अह्मद अब्दुल्ला अल जमाल ले निषेध गरिएको सामान जफत गरेबापत आफ्नो 7 कर्मचारीलाई सम्मान समेत गरेका छन्।साथै त्यस्ता सामान जफत गर्न विभागले देशको हरेक नाका आफ्नो कर्मचारीहरूलाई नियमित प्रशिक्षण समेत दिदै आईरहेको प्रमुख अल जमालले बताएका छन्।